Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

    डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड युरो कपको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

    आज बिहान वेम्बली रंगशालामा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।



    डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।



    खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

    खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

    इङ्ल्यान्ड मुख्य प्रतियोगितामा ५५ वर्षपछि फाइनल पुगेको हो। यसअघि सन् १९६६ को विश्वकपमा फाइनल पुगेकामा त्यतिबेला उपाधि पनि

    जितेको थियो। त्यसयता विश्वकप र युरोकप दुवैमा फाइनलसमेत पुग्न सकेको थिएन। गत विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
    इङ्ल्यान्डका केनले जारी प्रतियोगितामा ४ गोल गरेका छन्।

    इङ्ल्यान्डले उपाधिका लागि इटालीसँग जुलाई १२ तारिखमा खेल्ने छ। इटालीले सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा पराजित गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार