Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाद्वारा आत्मसमर्पण

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाद्वारा आत्मसमर्पण

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

    अदालतको अवहेलना सम्बन्धी मुद्दामा जेल सजाय काट्नका लागि जुमा आफै प्रहरी समक्ष गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    प्रहरीले बुधबार अबेरसम्म आत्मसमर्पण नगरेमा ७९ वर्षीय जुमालाई पक्राउ गर्न प्रहरीले चेतावनी दिएको थियो ।
    भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाईका लागि अदालत उपस्थित हुन भनिए पनि नगएका उनलाई गएको हप्ता १५ महिनाको जेल सजाय भएको थियो ।



    गत आइतबार प्रहरी हिरासतमा जान नमानेपछि बुधबार मध्यरातसम्मको अल्टिमेटम दिइएको थियो ।

    दक्षिण इफ्रिकाको इतिहासमा पूर्व राष्ट्रपति जेल चलान भएको यो पहिलो पटक हो। उनी ९ वर्ष सत्तामा रहँदा भएको भ्रष्टाचारका सम्बन्धमा अनुसन्धानका लागि आवश्यक प्रमाण प्रदान गर्न दिएको आदेश जुमाले नमानेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार