Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, एक बालक बेपत्ता

    पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, एक बालक बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 3K
    SHARES

    फाइल तस्विर

    पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । चार वर्षीय बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते भएका छन् ।

    तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको हो । स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएका छन् ।



    अहिले घटनास्थलमा प्रहरी टोली उद्धारका लागि गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार