Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तेलको मूल्य अझै बढ्दै , साउदी र रुसको प्रस्ताब यूएईले मानेन

    तेलको मूल्य अझै बढ्दै , साउदी र रुसको प्रस्ताब यूएईले मानेन

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.3K
    SHARES

    एजेन्सी। विश्वको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देशहरू, संयुक्त अरब इमिरेट्स (यूएई ) र साउदी अरबबीचको तेल उत्पादनको कोटालाई लिएर लफडा भएको छ। जसका कारण दुई देशबीचको वार्ता ठप्प भएको छ।

    यसले सबै प्रमुख तेल बजारहरूमा प्रभाव पारेको छ। जसका कारण तेलको मूल्य उच्च दरमा बढेको छ ।



    पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ओपेक प्लस जुन रुससँग पनि सम्बन्ध छ। ओपेकले आफ्नो वार्ता अनिश्चितकालका लागि स्थगित गर्नुपर्‍यो, जसले समूहको स्थायित्वको चिन्ता बढाइरहेको छ।



    यो समस्या गत साताबाट शुरु भएको हो।  जब यूएईले ओपेक प्लसका साथ साउदी अरब र रसियाको प्रस्ताव अस्वीकार गरेको छ । दुबै देशले ८ महिनाका लागि उत्पादन प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताब राखेका थिए ।

    तर, युएईले तेल उत्पादनको आफ्नो ‘आधार रेखा’ लाई पुन: छलफल गर्न चाहेको थियो । युएईले भने  तेल निकाल्ने (उत्पादन) गर्ने स्वतन्त्रता अझै बढी दिनुपर्ने वताएको थियो । यद्यपि साउदी अरब र रुस त्यसो गर्न मानेनन् ।

    ओपेकमा दुई देशबीचको भिडन्तले बढ्दो आर्थिक प्रतिस्पर्धालाई जोड दिएको छ । दुबै देशहरूले पेट्रोलियम पदार्थको निर्यातमा उनीहरूको निर्भरता घटाएर अर्थतन्त्रको विविधीकरण गर्न खोजिरहेका छन्।

    मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरब पहिलेभन्दा बढी आक्रामक आर्थिक रणनीति अपनाइरहेको छ। तिनीहरू अब पर्यटन, वित्तीय सेवा र प्रविधि जस्ता क्षेत्रहरूमा अन्य खाडी देशहरूसँग प्रतिस्पर्धा गर्दैछन्। -बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार