Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इजरायलद्वारा नेपाललाई ५८ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

    इजरायलद्वारा नेपाललाई ५८ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

    नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएकोे छ । विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनीहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ ।



    नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।



    ‘नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्’, राजदूत डा शाक्यले भने, ‘करीब रु २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार