Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

    एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ ।

    पाकिस्तानले दिएको १४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ दशमलव ५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।



    इङ्ग्ल्यान्डको जितमा डेविड मालनले ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।



    पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले दुई दुई विकेट लिए ।

    जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार