Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • देशका अधिकांश ठाउँमा वर्षा

    देशका अधिकांश ठाउँमा वर्षा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । अझै केही दिन निरन्तर वर्षा हुने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

    आउँदो तीन दिनसम्म पानी पर्ने सम्भावना छ । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।



    पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।



    अहिले पनि प्रदेश १ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार