Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देशभर मनसुनी वायुको प्रभाव

    देशभर मनसुनी वायुको प्रभाव

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    देशभर आज सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



    शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ ।

    यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार