Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  •  आफ्नै दाइको हत्या गरेको आरोपमा भाई पक्राउ

     आफ्नै दाइको हत्या गरेको आरोपमा भाई पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले  आफ्नै दाइको हत्या गरेको आरोपमा  एक युवकलाई पक्राउ गरेको छ ।

    विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।



    साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन्  ।



    घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोला सिंहलाईलाई चक्कुले हानेका थिए ।

    कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको छ ।

    पक्राउ परेका सिंहलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार