Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीका निवर्तमान मुख्यमन्त्रीको आरोप : पोखरेल नेतृत्वको सरकारले १६ करोड बढि भ्रष्टाचार गर्यो

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लगाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता गुरुङले शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको दावी गरेका हुन् ।

उनले भने–‘ गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरुले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो । यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ ।’

नेता गुरुङले पोखरेलले आफ्नो जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै आरोप लगाए । आफू नेतृत्वले सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको दाबी गर्दै उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्नसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077