Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले एकता कार्यदलको बैठक छाडेर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे ओली

    एमाले एकता कार्यदलको बैठक छाडेर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे ओली

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । सिंहदरबारमा एमाले एकता कार्यदलको बैठक बसिरहँदा ओली भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन।

    जब जब पार्टीमा अप्ठेरो पर्छ, प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्ने गरेका छन् । आज पनि मेलम्चीको बाढीग्रस्त क्षेत्र निरीक्षणबाट फर्किएलगत्तै ओली शितलनिवास पुगेका छन् ।



    राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ पौने ६ बजे शितल निवास पुगेका हुन् ।



    एमालेको एकता कार्यदलमा माधव नेपाल पक्षले पावर सेयरिङको कुरा उठाइरहेको छ । पावर सेयरिङका लागि ओली पटक्कै तयार छैनन् । २ जेठ, २०७५ मा फर्किने, केन्द्रीय सदस्य मनोनीत गर्दा माधव नेपाल पक्षलाई पनि भागबण्डा दिने सहमति भएको तर हलो पावर सेयरिङमै अड्किएको छ ।

    पार्टीमा एकता कायम गर्ने र सर्वोच्च अदालतमा बिपक्षी गठबन्धनको दाबीलाई कमजोर बनाउनका लागि ओली माधव नेपाल पक्षसँग वार्तामा लचक भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार