Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो

    कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.6K
    SHARES

    CUIABA, BRAZIL - JUNE 13: Juan Cuadrado of Colombia kicks the ball during a Group B match between Ecuador and Colombia at Arena Pantanal on June 13, 2021 in Cuiaba, Brazil. (Photo by Rogerio Florentino/Getty Images)

    एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ ।

    पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो । खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हरायो ।



    खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल बराबरीमा पुर्याए ।



    कोलम्बियाका लुइस डियाजले ६६ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले गोल गरी खेल बराबरीमा ल्याए ।

    इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

    कोपा अमेरिकाको उपाधिका लागि अहिले मराकाना रङ्गशालामा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार