Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा अहिलेसम्मकै बढी गर्मी

    अमेरिकामा अहिलेसम्मकै बढी गर्मी

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । अमेरिकाको पश्चिमी क्षेत्रमा तापक्रम निरन्तर बढ्दो क्रममा छ । क्यालिफोर्निया र नेभाडा राज्यको तापक्रम अहिलेसम्मकै बढी पुगेको छ ।

    क्यालिफोर्नियाको डेथ भ्यालीको तापक्रम ५४ डिग्रीसेल्सियस भन्दा बढी मापन गरिएको छ ।



    केही हप्तादेखि अमेरिका र क्यानडामा तापक्रम उच्च हुँदा जनजीवन प्रभावित भएको छ । उत्तर अमेरिकी देशमा जुनमा अत्यधिक गर्मी मापन गरिएको थियो ।



    दशौँ लाख अमेरिकी प्रचण्ड गर्मी खेप्दै छन् । प्रभावित क्षेत्रका बासिन्दालाई पर्याप्त मात्रामा पानी पिउन तथा वातानुकुलित भवनमा बस्न आग्रह गरिएको छ ।

    गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो पनि लागेको छ । अग्निनियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् ।

    लस भेगासको पनि अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार