Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

    ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। कोपा अमेरिका फुटबलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको छ ।

    अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधी हात पारेको ।



    आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियास्थित माराकाना रंगशालामा भएको फाइनल खेलमामा  २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।



    डी मारियाको गोल नै उपाधिको लागि निर्णायक बनेको छ । आजको खेलमा निकै प्रतिस्पर्धा भए पनि ब्राजिलको पटक पटक गोल गर्ने प्रयास सफल हुन सकेन।

    अर्जेन्टिना यसअघि अन्तिमपटक कोपा अमेरिका फुटबल प्रतियोगितामा सन् १९९३ मा बिजयी भएको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार