Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मेसी र नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर

    मेसी र नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । आइतबार बिहान सम्पन्न फाइनलमा २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बने ।



    दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।



    माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार