Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एमाले विवाद : नेपाल समूह कोटेश्वरमा आन्तरिक छलफलमा

    एमाले विवाद : नेपाल समूह कोटेश्वरमा आन्तरिक छलफलमा

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेमा माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

    आन्तरिक छलफलकै कारण आज बिहान ८ बजे हुने भनिएको मस्यौदामा हस्ताक्षरमा ढिलाइ भएको छ । नेपाल समूहको आन्तरिक छलफलपछि मात्र मस्यौदामा हस्ताक्षर हुने बताइएको छ ।



    नेपाल समूहको अहिले कोटेश्वरमा छलफल भइरहेको छ । आजै सर्वोच्च अदालतको फैसला आउने सम्भावना छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका नेता भने हस्ताक्षरका लागि सिंहदरवारस्थित अर्थमन्त्रालयमा नेपाल समूहलाई कुरेर बसेका छन् ।



    नेपाल समूह सिंहदरबार पुगेपछि मस्यौदामा हस्ताक्षर हुने बताइएको छ । सहमति लगत्तै एमालेको स्थायी कमिटी बैठक बस्ने तयारी छ । शनिबार दिनभर कार्यदलको बैठक बसेको थियो ।

    आज मस्यौदामा हस्ताक्षर गर्ने भन्दै शनिबारको बैठक टुंगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार