Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिंहदरबारमा एमाले कार्यदलको बैठक, हस्ताक्षर फिर्ता नलिने माधव पक्षको अडान

    सिंहदरबारमा एमाले कार्यदलको बैठक, हस्ताक्षर फिर्ता नलिने माधव पक्षको अडान

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् ।

    अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले  बताएका हुन् ।



    शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।



    तर, नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार