Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक अवरूद्ध

कास्की । गण्डकी प्रदेशसभाको बैठक १ बजे सम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको बिषयलाई लिएर विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो ।

गण्डकीका मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गते सदनमा पेश गरेको बजेटमाथि छलफल गर्न आइतबार प्रदेश सभा बैठक बोलाइएको थियो।

सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।

बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077