Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक अवरूद्ध

    एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक अवरूद्ध

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 2.4K
    SHARES

    कास्की । गण्डकी प्रदेशसभाको बैठक १ बजे सम्मका लागि स्थगित भएको छ ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको बिषयलाई लिएर विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो ।



    गण्डकीका मुख्यमन्त्री तथा अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गते सदनमा पेश गरेको बजेटमाथि छलफल गर्न आइतबार प्रदेश सभा बैठक बोलाइएको थियो।



    सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।

    बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार