Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सशस्त्रको एसपी बढुवामा भारतीय प्रमाणपत्रधारीको बाढी, आईजीपी खनालको स्वार्थ

    सशस्त्रको एसपी बढुवामा भारतीय प्रमाणपत्रधारीको बाढी, आईजीपी खनालको स्वार्थ

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त १५ एसपी पदको बढुवाका लागि अधिकांश दाबेदार संकास्पद भारतीय प्रमाणपत्रधारी र प्राविधिकहरु रहेका छन्।

    सशस्त्रको एसपी बढुवाका दाबेदार डीएसपीहरुमा अधिकांशको भारतीय प्रमाणपत्र छ भने कतिपय प्राविधिकबाट इन्फ्रेन्ट्रीतर्फ आएका छन् ।



    एसपीको दौडमा रहेका १२ जनाभन्दा बढी डीएसपीको भारतको बिहार र उत्तर प्रदेशको शैक्षिक योग्यता रहेको छ भने ४ जना प्राविधिकबाट आएका छन् ।



    १२ जनामा कसैले प्रवीणता प्रमाणपत्र तह(आइए) त कसैले स्नातक (बीए) को भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका छन् । उनीहरु यसअघि बढुवा हुँदा भारतीय प्रमाणपत्र पेश गरी डीएसपी भएको स्रोत बताउँछ ।

    भारतको उत्तर प्रदेश र बिहारका विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा नक्कली ठहरिएका छन् । सशस्त्रका डीएसपीहरुले उत्तर प्रदेश र बिहारकै प्रमाणपत्र पेश गरेकाले छानबिन हुनुवर्ने माग भइरहेको छ ।

    गृहमन्त्रालयको कार्यभार सम्हालेका उपप्रधानमन्त्री बिष्णुप्रसाद पौडेलले भारतीय प्रमाणपत्रधारी र प्राविधिकबाट इन्फ्रेन्ट्रीमा छिरेकालाई बढुवा गर्दा छानबिन गरी फौजको गरिमा कायम राख्ने अपेक्षा प्रतिस्पर्धाबाट छानिएकाहरुले गरेका छन् ।

    स्रोतका अनुसार गृहमन्त्री पौडेल र सचिव महेश्वर न्यौपाने भारतीय शैक्षिक योग्यता पेश गर्नेहरुको बढुवा नगर्ने अडानमा छन् ।

    सशस्त्रका आईजीपी शैलेन्द्र खनाल भने आफु निकट भारतीय प्रमाणपत्रधारीहरुको बढुवा गर्न सूची नै तयार पारेको स्रोत वताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार