Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कम्युनिष्ट सरकारका कारण मुलुक बन्धक भयो : सांसद प्रकाश पन्थ

    कम्युनिष्ट सरकारका कारण मुलुक बन्धक भयो : सांसद प्रकाश पन्थ

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले कम्युनिष्ट सरकारका कारण मुलुक बन्धक भइरहेको बताएका छन् ।

    आइतबार राष्ट्रिय सभामा बोल्दै सांसद पन्थले कम्युनिष्ट सरकार, कोरोना र प्रकोपको ताण्डपबाट मुलुक र जनताले कहिले मुक्ति पाउँछन् भन्दै प्रश्न गरे। कम्युनिष्टका कारण मुलुक बन्धक भइरहेको छ’ पन्थले प्रश्न गरे, ‘कम्युनिस्टका नाटक र नौटङ्कीबाट मुलुकले कहिले निकास पाउँछ ?’



    सभामा सांसद पन्थले नागरिकले समयमै खोप नपाएको, किसानले समयमै मल नपाएको, समयमै बाढी पहिरो रोकथामको उपाय अपनाउने र अध्ययन गर्नेतिर ध्यान नदिएको आरोप लगाए ।



    यस्तै, सरकारले कोरोना उपचारमा मनोमानी शुल्क लिने गरेको चौतर्फी सुन्दा पनि नसुनेझैँ गरेको भन्दै चर्को आलोचना गरे।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार