Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ब्राजिलमा कोपा अमेरिका फुटबलको फाइनल भएकै दिन १२ सय भन्दा बढी संक्रमितको मृत्यु

    ब्राजिलमा कोपा अमेरिका फुटबलको फाइनल भएकै दिन १२ सय भन्दा बढी संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार कोपा अमेरिका फुटबलको फाइनल भएकै दिन  त्यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार त्यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् ।



    यसैगरी त्यहाँ गएको २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति त्यहाँ संक्रमित भेटिएका छन् । आइतबार सम्ममा त्यहाँका १ करोड ९० लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।



    ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।

    ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृत्यु भएको बताइएको छ । यो मृत्युको प्रतिशत गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो ।

    ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ ।

    त्यहाँको सरकारले कोभिड १९ विरुद्धको खोप लगाउने कामलाई प्राथमिकता दिइएको छ । खोप लगाउने कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरिएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार