Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पारिवारिक विरासतका आधारमा कसैले पनि कांग्रेसको नेतृत्व पाउँदैन

    पारिवारिक विरासतका आधारमा कसैले पनि कांग्रेसको नेतृत्व पाउँदैन

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3.6K
    SHARES

    नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष बनेर कुशल नेतृत्व दिएका नैनसिंह महर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार बन्ने तयारीमा छन् । उनी पदाधिकारीमा उम्मेदवारी दिने योजनामा छन् । पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै सर्वसम्मत गराउन सकियो भने आउँदै गरेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले एकलौटी जित्न सक्ने उनको विचार छ । महर पारिवारिक विरासतका आधारमा कुनै पनि नेताले कांग्रेसको नेतृत्व दाबी गर्छु भन्नु उचित नहुने बताउँछन् । कांग्रेसको १४औँ महाविधेशनका विषयमा नेविसंघका पूर्वअध्यक्ष एवम् कांग्रेसका युवा नेता नैनसिंह महरसँग www.onlinenepal.com गरिएको कुराकानीको सम्पादित अंश 

    ० नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिंदै छ । महाधिवेशन नजिकिदै गर्दा गुट र उप–गुटहरू धेरै जन्मिएका छन् यसलाई कसरी हेर्नुभएको छ ?
    – प्रजातान्त्रिक पार्टीमा चुनाव हुने र चुनाव हुनेवित्तिकै हारजितको प्रक्रिया हुने भएकाले समूहगत रुपमा केही गुटहरू निर्माण हुने अथवा विचार समूह निर्माण हुने भन्ने प्रक्रिया ठूलो कुरा भएन । हारजित स्वभाविक रुपमा भइरहन्छ । नेपाली कांग्रेसको पाँच वर्षे कार्यकाललाई मध्यनजर गर्ने हो व्यक्ति गुटभन्दा बाहिर जान सकेन । कांग्रेसको साझा नेता बन्न नसक्नु दुर्भाग्य हो । नेपाली कांग्रेसको गतिशीलता छ, जिवन्त पार्टीको आफूलाई सशक्त बनाउने योजना हुन्छ त्यसलाई बाधा पु¥याउँछ । हिजो पनि त्यो बाधा पुग्यो । नेपाली कांग्रेस जुन रफ्तारमा जानुपर्ने थियो, जान सकेन ।



    बिहान ७/८ बजे बोलाएको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा गुटगत, उप–गुटगत आधारले बेलुका ८/९ बजे मात्रै बस्ने र त्यसमा पनि गुट र उप–गुटका बैठक बसेर १/२ दिन अगाडि निर्णय गरेर कसैले फोटो खिचेर लैजाने, कसैले मोबाइलमा खिचेर लैजाने र कसैले चिट खल्तीमा हालेर लैजाने काम भयो । ती गुटबाट आएको छ र गुटभन्दा बाहिरको कुरा नबोल्ने परम्परा छ, त्यसले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा व्यक्तिगत स्वतन्त्रता छ, त्यो स्वतन्त्रपूर्वक आफ्नो अभिव्यक्ति दिन नपाएको सन्दर्भमा कारणले त्यसरी गुटलाई फस्टाउन दिने हो र हरेक व्यक्तिको स्वतन्त्रतालाई उप–गुटले नियन्त्रण गर्ने हो भने कुनै नि जीवन्त पार्टीलाई देश बनाउने उसको चाहना पूरा हुनका लागि सकसपूर्ण अवस्था हुन्छ ।



    ० १४औँ महाधिवेशनमा पार्टी सभापति सर्वसम्मत हुने अवस्था छ कि छैन ?
    – नेपाली कांग्रेसको इतिहासमा वीपी कोइराला सभापति भएका बेला निर्वाचन भएका स्थिति देखिन्छ । नेपाली कांग्रेसको केही ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने (आफैले छोडेको बाहेकमा) कांग्रेसको स्वभाविक रुपले दुइचोटी लिडरसिप लिएको छ । जो सभापति छ, त्यसैले नै निरन्तरता गर्ने पनि ऐतिहासिक पृष्ठभूमि पनि देखिन्छ । कांग्रेसको अहिलेको महाधिवेशनमा लिडरसिपको सवाललाई हेर्दा नेतृत्वको जुन खिचातानी छ यसलाई हेर्दा पार्टी निर्माणमा योगदान दिने सबै योजनाहरू अगाडि आइरहेका छन् यसलाई कसरी व्यवस्थित हुन्छ हेर्दै जाऔँ । निर्विरोध हुने सम्भावना नहुने भन्ने कुरा यसको लिडरसिप भयो भने मात्रै निर्विरोध हुने कुरा आयो भने आउने निर्वाचनहरूमा कांग्रेसले सशक्त रुपमा काम गर्न सक्छ । गुटगत आधारले हिजो जस्तै समूह बन्यो भने फेरि पनि एउटा गुटले केन्द्रीय विधानअनुसार काम गर्न नसक्ने स्थिति हिजोका दिनमा आएको छ । गुटकै कारले हरेक ठाउँमा बार्गेनिङको अवस्था आएको छ यसले सशक्तता ल्याउन सक्दैन ।

    ० सभापतिमा सर्वसम्मत हुने अवस्था आयो भने कुन नेताको पक्षमा सर्वसम्मत हुने अवस्था देख्नु हुन्छ ?
    – बरकरार रहेको पार्टी सभापतिले अर्थात जो अहिले पार्टी सभापति हुनुहुन्छ उहाँले म उठ्दिन भन्ने कुरा बाहेकमा उहाँले इन्ट्रेस्ट जनाइसकेपछि नेपाली कांग्रेसको लिडरसिप वा पार्टीको प्रमुख हुनको लागि केही निश्चित आधारभूत कुराहरू चाहिन्छ । पार्टी सभापति हुनको लागि अनुभवका कुरा, योग्यताका कुरामा वर्तमान पार्टी सभापति नै आफ्नो इन्ट्रेस्ट नै देखाइ सकेपछि निर्विरोध हुने सम्भावना पहिलो र बढि सम्भावना होला । वर्तमान पार्टी सभापतिले अर्कैलाई भन्नुभयो भने मैले भन्न सक्दिन । अहिले कसैले कसैलाई समर्थन गर्ने स्थिति छैन । सर्वसम्मत हुने कुरा आयो भने त बरकरार रहेको अहिलेको पार्टी सभापतिको अधिकार हो नि । सभापति निरन्तर हुने कुरा हिजोको ऐतिहासिक पृष्ठभूमिले पनि देखिएको कारणले पनि अहिलेकै सभापतिलाई नै सर्वसम्मत गराउन सकिन्छ ।

    ० वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका छोराहरूले शेरबहादुर देउवालाई सभापतिमा मैले मात्रै हराउन सक्छु भनेर भन्न थालेका छन् । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
    – नेपाली कांग्रेसको लिडरसिप पारिवारिक दृष्टिकोणले परिवारको कन्ट्रिब्युशनले हिजो स्थापित नभएको चाहिँ होइन । तर, समयले धेरै कोल्टो फेरिसक्यो । हिजोका दिनमा समाजमा मिडिया, सचेत भएका नागरिकहरू, जतिबेला एउटा विश्वविद्यालयहरूमा नेतृत्व थियो, विश्व राजनीतिका विषयमा जनताले जान्दैन थिए । त्यस बेला पारिवारिक विरासत धेरै फस्टाएको थियो । अहिले नेपाली समाज विश्वव्यापीकरण भइसकेका कारणले सबै सचेत भइसकेका कारणले अब पारिवारिक विरासतमा विश्वास राख्ने अवस्था चाहिँ नेपाली जनमानसमा अथवा कांग्रेसको कार्यकर्ताहरूमा मैले देख्दिन ।

    योग्यता, अनुभव र विशेष गरेर ४५ सय महाधिवेशन प्रतिनिधि मेरो नेता यो बन्न लायक छ र मेरो नेता यस कारणले यो हुनुपर्छ भन्नेमा लाग्दैनन् तबसम्म पारिवारिक विरासतले पनि खासै अर्थ राख्ला जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेसमा विरासत भन्ने कुरा प्रजातन्त्रभित्र हुन सक्दैन । स्वभाविक रुपले अलिकति सजिलो पारिवारिक पृष्ठभूमि भएको परिवारले धेरै ठूलो कन्ट्रिब्युशन गरेको भनेर नेताले काम गरिरहेको हुन्छ । परिवारले उसलाई सहयोग गरिरहेको हुन्छन् । अहिले नेपाली समाज भनेको खुकुलो भइसकेको कारणले योग्यता र क्षमतालाई नजरअन्दाज गरेर पारिवारिक पृष्ठभूमि अथवा कसैको अरु चाहनालाई उसले खास सहयोग गर्छ जस्तो मलाई लाग्दैन । ४५ सय महाधिवेशन प्रतिनिधिलाई जसले कन्भिन्स गर्न सक्छ त्यो नै नेता हुन्छ । त्यसमा पारिवारिक पृष्ठभूमिले खासै अर्थ राख्दैन ।

    ० महामन्त्री शशांक कोइरालाले शेरबहादुर देउवालाई हराउन मैले मात्रै सक्छु भन्ने गर्नुभएको छ । रामचन्द्र पौडेलले पनि देउवालाई हराउन सक्नु हुन्न भनेर महामन्त्रीले भन्ने गर्नुभएको छ । यो भनाइ जायज हो ?
    – नेपाली कांग्रेसमा सशक्त नेतृत्व र पार्टीको जरुरत हो । कांग्रेसभित्र कुनै पनि नेता गुटविहीन भएको पाइएन । गुट र उप–गुटमा रुमल्लिएका कारणले महामन्त्रीको अभिव्यक्ति पनि त्यसैको पेरिफेरिमा छ । हराउने वा जिताउने भनेको महाधिवेशन प्रतिनिधिहरूले हो । ४५ सय महाधिवेशन प्रतिनिधि आउँदैछन् । उनीहरूको स्वविवेकको आधार भएको कारणले आफूले जित्छु र हार्छु भन्ने कुराले खासै अर्थ राख्दैन ।

    ० शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीको भेटवार्ता तथा गुटबन्दीलाई कसरी हेर्नुभएको छ ?
    – छलफल तपाई र मैले पनि गर्न पयौं । कांग्रेसका कार्यकर्ता हुन् वा बाहिर जसले पनि जोसँग सम्वाद गर्न पयो । त्यसलाई मैले धेरै ठूलो अनर्थमा लिएको छैन । तर, उहाँहरू जत्तिको नेताहरूले पार्टीको महाधिवेशन कसरी सम्पन्न गर्ने हो ? पार्टीको पदाधिकारी हुनुहुन्छ, पार्टीको पूर्वपदाधिकारी हुनुहुन्छ, महाधिवेशन कसरी सम्पन्न गर्ने हो ? र साझा नेता कसरी बन्न सक्ने हो भन्ने कुरामा जानुपर्ने हो । महाधिवेशन सम्पन्न गर्ने, सक्रिय सदस्यताको यती ठूलो समस्या छ, यसमा कन्ट्रिब्युशन गर्नुपर्ने थियो ।

    बाहिर बसेर खाली कुनै जिम्मेवारी नलिएको व्यक्तिको जस्तै उहाँहरूले आफूलाई प्रस्तुत गर्दा उहाँहरूको व्यक्तिगत कद घट्छ जस्तो मलाई लाग्छ । महाधिवेशन सम्पन्न गर्ने सवालमा र सहयोग गर्ने विषयमा उहाँहरूको छलफल केन्द्रित हुनुपर्छ । महाधिवेशन हुन्छ कि हुँदैन भनेर कार्यकर्ताहरूमा दोधार छ । उनीहरूलाई महाधिवेशन हुन्छ भन्ने कन्फिडेन्स दिलाउने र महाधिवेशन कुनै पनि हालतमा हुन्छ, हामीले यसरी सम्पन्न गर्छौ भनेर आधार तय गर्ने, त्यो अनुसारको काम गर्ने बेला हो जस्तो लाग्छ । उहाँहरूलाई मेरो सुझाव पनि यही छ ।

    ० १४औं महाधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीमध्येबाट कुन नेता बनोस् जस्तो लाग्छ तपाईलाई ?
    – नेपाली कांग्रेसको पार्टी सभापतिमा दोस्रो कार्यकालका लागि सबैभन्दा पहिलो अधिकार वर्तमान सभापतिकै हुन्छ । उसले नै बढि राख्छ । अहिलेको ‘टल’ व्यक्तित्व पनि छ, नयाँ युवा र पुराना सबैलाई मिलाएर शेरबहादुर देउवाकै लिडरसिपमा नेपाली कांग्रेसको महाधिवेशनलाई हामीले निर्विरोध सम्मपन्न गर्न सक्यौँ भने त्यसले ओझपूर्ण अर्थ राख्छ । नेपाली कांग्रेसको संगठन पनि दह्रो बनाउन सकिन्छ । गुटगत प्रवृत्तिबाट नेपाली कांग्रेसलाई अन्त्य गर्नुको बिकल्प छैन । गुटले नेपाली कांग्रेसको विधान अनुसार काम गर्न पाइएको छैन ।

    ० १४औं महाधिवेशनमा कांग्रेसले कस्ता एजेण्डलाई बोक्नुपर्छ ?
    – कांग्रेससँग नेपाली जनता भएपनि जनतासँगको सामिप्यता र सम्पर्क हाम्रो घटेको छ । राजनीतिले समाजको विकास अथवा समाजलाई छोडेको अनुभूति जनताले गरिरहेका छन् । नेताको नेतृत्व अलग छ । विश्वविद्यालय अलग छ । नीति तथा कार्यक्रमहरू कार्यान्वयन हुन सकिरहेका छैनन् । राजनीति समाजसेवा होइन भन्ने प्रवृत्तिले जसरी जरो गाडेको छ, त्यसलाई हटाएर समाजसेवा नै राजनीति हो । अहिले राजनीतिभित्र नैतिक आचरणको कमी छ । राजनीति संस्कार निर्माण हुन सकेको छैन । राजनीतिमा कु–कर्म गर्ने व्यक्ति पनि छ ।

    इमान्दार व्यक्ति पनि राजनीतिमा छ । कु–कर्म गर्ने व्यक्ति राजनीतिमा रह्यो इमान्दार राजनीति गर्ने व्यक्तिलाई चित्त दुःख छ । राजनीति गर्नका लागि केही मापदण्ड हुन्छन् । राजनीति गरेर समाज र देशलाई समग्र परिवर्तन गर्छु भन्ने त्यो सोँच हुने व्यक्ति सशक्त हुनुपर्छ भन्ने कुरा आवश्यक होला । यी कुरालाई महाधिवेशनमा केन्द्रमा राखेर अगाडि बढाउनुपर्छ । शिक्षा र स्वाथ्यलाई निःशुल्क गर्नुपर्छ भन्ने नै मेरो एजेण्डा हो । हुनेले दिने, नहुनेले फ्रिमा पढ्न पाउनुपर्छ भन्ने हो । स्वास्थ्यमा पनि त्यही कुरा लागू हुनुपर्छ । सर्वसुलभ यातायातको व्यवस्था हुनुपर्छ । जलस्रोत, पर्यटनसहितको विकास कसरी गर्ने भन्ने कुरामा पनि हामीले विशेष ध्यान दिनुपर्छ ।कासका सन्दर्भमा कति वर्षमा के काम गर्ने भनेर कांग्रेसले तालिका ल्याउनुपर्छ । संगठनका सन्दर्भमा नेपाली कांग्रेसको हरेक तहमा दुई कार्यकालभन्दा व्यक्तिले त्यही पदमा बस्न नपाउने निर्णय गर्नुपर्छ । अवसरको समान वितरण गर्नुपर्छ । एउटा मानिस सधैँका लागि भइराख्ने, अरुले कहिल्यै अवसर पाउँदै नपाउने भन्ने कुरा र जमिन्दारी प्रथालाई पार्टीलाई निकालेर सबैका लागि नेपाली कांग्रेस र सबैका लागि समान अवसरको बाँडफाँड गर्छ भन्ने कुरा देखाउनुपर्छ ।

     

    ० १४औं महाविधेशनमा तपाई उम्मेदावर हो कि होइन ? उम्मेदवारी दिनुभयो भने कुन पदमा दिनु हुन्छ ?
    – अहिलेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको लागि काम गर्न योग्य छु र काम गर्न सक्छु भन्ने लागेको छ । मैले ६७ जिल्ला घुमेर साथीहरूसँग सरसल्लाह गरेको छु । उहाँहरूकै सरसल्लाअनुसार नै मेरो उम्मेदवारी हुनेछ । साथीहरूले पदाधिकारीमा रहेर कांग्रेसको सेवा गर्नुपर्छ भन्नुभएको छ । समय घर्की सकेको छ । पदाधिकारीमा म केन्द्रीय कार्यसमितिमा रहेर काम गर्न इच्छुक छु । अबको निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्छ भन्ने विश्वासको साथ म लागेको छु । त्यसैले म साथीभाइहरुकै आग्रमा पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा छु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार