Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, यस्तो छ बालुवाटारको एजेन्डा

    ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, यस्तो छ बालुवाटारको एजेन्डा

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।

    सिंहदरबारमा एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेको सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



    कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने जनाइएको छ । आजको स्थायी कमिटी बैठकबाट कार्यदलमा तय गरिएका संगठनसम्बन्धी एजेन्डा पारित गरिने पनि उनले जानकारी दिए । सबै पक्षलाई समेट्ने गरी बैठक बोलाइको भन्दै उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आउने/नआउनेबारे एकीन भइनसकेको बताए ।



    ‘असार १८ गतेदेखि एमालेमा पक्ष र विपक्ष रहेन । हामीले २०७५ जेठ २ को कमिटी बोलाउन थालेका हौं । आउने/नआउने उहाँहरुको कुरा भयो’, उनले भने ।

    सिंहदरबारमा आज बिहान ९ बजे शुरु भएको कार्यदल बैठक अहिले पनि जारी छ । कार्यदलका सदस्यले आजै सुखद् समाचार आउने जानकारी शनिबार दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार