Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • २,३७० कोरोना संक्रमित थपिदा १,१३३ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु

    २,३७० कोरोना संक्रमित थपिदा १,१३३ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार १३३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।

    योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ



    मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



    गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार