Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आफन्तलाई पोस्न गृहसचिवले रोके २५ जना एसपीको बढुवा, सशस्त्रका आईजीपीमाथि दवाव

    आफन्तलाई पोस्न गृहसचिवले रोके २५ जना एसपीको बढुवा, सशस्त्रका आईजीपीमाथि दवाव

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलमा एसपी बढुवाका लागि प्रक्रिया सुरु भएको छ । अहिले एसपीका १५ पद रिक्त छन् । १० एसएसपी पद रिक्त छन् । १० एसपीलाई एसएसपीमा बढुवा गर्नेतर्फ सशस्त्रका आईजीपीले शैलेन्द्र खनालले किन प्रक्रिया अगाडि नबढाएको भन्ने प्रश्न खडा भएको छ । रिक्त पदमा एसपीलाई कामु एसएसपी बनाएमा २५ पद खाली हुन्छन् ।

    कामु एसएसपी बनाउँदा वरिष्ठताका आधारमा बनाउनुपर्ने हुन्छ । कामु एसएसपी बनाएर २५ एसपीमा बढुवा गर्दा सशस्त्र प्रहरी बल गठनपछि २०६० सालमा इन्स्पेक्टरमा भर्ना भएका डीएसपीहरुले पनि पदोन्नति हुने अवसर पाउ“छन् । १५ पदमा मात्र एसपी बढुवा गर्दा नेपाल प्रहरीको असईबाट प्रवेश गरेका डीएसपीले मात्र अवसर पाउँछन् ।



    सशस्त्र प्रहरी नेतृत्वले संगठन स्थापना भएपछि योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धा गरी आएका डीएसपीहरुलाई बढुवाबाट वञ्चित गर्न एसएसपीका १० सिट रिक्त हुँदाहुँदै पनि कामु नदिएर नेपाल प्रहरीका असईबाट आएकाहरुलाई मात्र बढुवा गर्ने तयारी गरेको खबर छ । सशस्त्र प्रहरी बल गठन भएपछि २०६० सालमा भर्ना भएका सप्रनिहरु एक तहमात्र बढुवा भएका छन् ।



    राजपत्रांकित सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) मा भर्ना भई १८ वर्षसम्म एक तहमात्र बढुवा भएका डीएसपीहरुलाई बढुवाबाट वञ्चित गर्ने खेल भइरहेको छ । सशस्त्रमा यस्तो बेथिति छ कि राजपत्रांकितहरु २०६० सालमा प्रतिस्पर्धा गरेर भर्ना भए तर उनीहरुको एक तहमात्र बढुवा भएको छ । तर २०५८ सालमा सशस्त्र स्थापना हुँदा असईबाट आएकाहरुको तीन तह बढुवा भइसकेको छ ।

    अब चौथोपटक एसपी हुने लाइनमा असईबाट आएकाहरु छन् जबकि निरीक्षकबाट भर्ना भएकाहरु डीएसपीमै थच्चिएका बाध्य छन् । यसले सशस्त्रका क्षमतावान अधिकृतहरुको मनोबल खस्किन पुगको छ । माष्टर डिग्री हासिल गरेका तथा गणपति तालिम लिएका अधिकृतहरुलाई बढुवा नगरी नेपाल प्रहरीको असईबाट आएकाहरुलाई बढुवा गर्दा कुन मोरालले काम गर्ने भन्ने पक्षमा समेत सशस्त्र नेतृत्वको ध्यान पुग्न सकेको छैन ।

    प्रतिस्पर्धाबाट आएका राजपत्रांकितलाई बढुवाबाट वञ्चित गरी राजपत्र अनंकित असईबाट आएका डीएसपीहरुलाई बढुवा गर्नका लागि सशस्त्र प्रहरी बल अगाडि बढेको छ । कामु एसएसपी बनाई एसपीका २५ पद रिक्त हुने अवस्था छ । तर दुई पावरफुल एसपीको स्वार्थका कारण कामु एसएसपी नबनाई १५ पदमा मात्र बढुवाका लागि सूचना निकालिएको छ ।

    एसपीद्वय उद्धव न्यौपाने र दीपेन्द्र कुँवर (ख) का कारण कामु एसएसपी नबनाइएको स्रोतले बताएको छ । न्यौपाने गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको दाजुभाइ भन्दछन् भने कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् ।

    न्यौपाने र कु“वर सि।स। २ नम्बरका एसपी हुन् । उनीहरुको ब्याचमा कुँवर ११ नम्बरका एसपी हुन् भने न्यौपाने १२ औं नम्बरका हुन् । आईजीपी शैलेन्द्र खनाललाई र गृहसचिव न्यौपाने र भानु देउवामार्फत दबाब दिएर कामु एसएसपी बनाउनबाट रोक्दा १० वरिष्ठ एसपीको वृत्तिविकासमा असर परेको छ ।

    सशस्त्रमा कामु एसपी बनाउ“दा वरिष्ठता मिच्न पाइँदैन । अहिले कामु एसएसपी बनाएमा आफूहरु छुट्ने र पछिल्लो ब्याचमा पर्ने भएकाले नियमित बढुवामा अघिल्लो नम्बरमा पर्ने र भावी नेतृत्वमा पुग्ने दाउमा कुँवर र न्यौपाने रहेका छन् । उनीहरुको स्वार्थका लागि १० पद खाली हुने अवस्था हुँदाहुँदै पनि आईजीपी शैलेन्द्र खनालबाट एसपी बढुवा प्रक्रिया अगाडि बढाइएको छैन । कामु एसएसपी बढुवा हुन नदिने खेल कुँवर र न्यौपानेले खेलेको स्रोत बताउँछ ।

    नेपाल प्रहरीको असईबाट आएका डीएसपीहरुमध्ये अधिकांशको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र रहेको स्रोतको दाबी छ । स्रोतकाअनुसार ११ जनाभन्दा बढीले बढुवाका लागि भारतका उत्तरप्रदेश र बिहारका शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा उत्तरप्रदेश र बिहारका विश्वविद्यालयबाट जारी भएका प्रमाणपत्रहरु नक्कली साबित भएका छन् ।

    सशस्त्र प्रहरीका डीएसपीहरुले आईए र बीएका प्रमाणपत्र भारतबाट ल्याएर पेश गरेका छन् । एसपी बढुवाका आकांक्षी चार डीएसपी प्राविधिकबाट इन्फेन्ट्रीतर्फ आएका हुन् । नेपाल प्रहरीबाट असईमा प्राविधिकमा भर्ना भएका र पछि चलखेल गरी इन्फेन्ट्रीमा आएका पनि अहिले एसपीका दाबेदार छन् ।

    सशस्त्रमा प्रतिस्पर्धाबाट आएकालाई बढुवा गरी संगठनलाई योग्य र क्षमतावान जनशक्ति सम्पन्न बनाउनुपर्नेमा शंकास्पद प्रमाणपत्र भएका र प्राविधिकहरुलाई ल्याएर अयोग्यहरुको भीड बनाइएको छ । टिकापुर हत्याकाण्डमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका प्रहरीको हत्या हँदा सँगैरहेको सशस्त्र प्रहरी गणका एसपी लक्ष्मण सिंहले दंगा नियन्त्रणको प्रयास नगरेको आरोप लागेको थियो ।

    एसपी सिंह पनि प्राविधिकबाट इन्फेन्ट्रीतर्फ छिरेका अधिकृत हुन् । यदि इन्फेन्ट्रीतर्फका कमाण्डर भएको भए भीड नियन्त्रण गरी प्रहरी बचाउनसक्ने थिए । प्राविधिकलाई इन्फेन्ट्रीतर्फ लगेर बढुवामा अवसर दिँदा जोखिमपूर्ण कार्यमा प्रभावकारी उपलब्धि हासिल हुन नसक्ने तथ्य हुँदाहुँदै सशस्त्रमा एसपी बढुवामा पनि उनीहरुलाई प्राथमिकता दिन लागिएको छ । साँघु साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार