Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पेरिसडाँडामा माओवादी स्थायी कमिटीको बैठक जारी, यी हुन् नयाँ बन्न लागेका मन्त्रीहरु

    पेरिसडाँडामा माओवादी स्थायी कमिटीको बैठक जारी, यी हुन् नयाँ बन्न लागेका मन्त्रीहरु

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटीको बैठक जारी रहेको छ।

    माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन स्थायी कमिटीको बैठक जारी रहेको हो।



    बैठक अहिले बिहान ९ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । माओवादी केन्द्रका नेताहरुका अनुसार माओवादीका तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।



    सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको स्रोतको भनाइ छ।

    त्यसमा पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। यता क्षमताका हिसाबमा जनार्दन शर्माले फेरि पनि मन्त्री पाउने सम्भावना छ। उनी नेकपा सरकारमा सामेल थिएनन् । देव गुरुङ, देवेन्द्र पाैडेलको नाम पनि चर्चामा छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार