Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने – सर्वोच्चको फैसलाले दीर्घकालीन प्रभाव पार्छ

    देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने – सर्वोच्चको फैसलाले दीर्घकालीन प्रभाव पार्छ

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गरिरहेका छन्।

    सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन् ।



    देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन् । पदमुक्त भएपछि उनले सम्बोधन गरेका हुन्।



    यसैबीच, मंगलबार सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताउदै अदालतको फैसलाले दीर्घकालीन प्रभाव पार्ने बताए ।

    ‘यो फैसलाको समयले अग्निपरीक्षा लिँदै जानेछ। राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बलिएको छ, उनले भने, ‘तर फैसला पालनाका सम्वन्धमा हाम्रो पार्टी स्पष्ट रहेको जानकारी गराउँछु।’

    उनले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताए।

    यस्तै, प्रधानमन्त्री ओलीले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार