Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बालुवाटार छाडेर बालकोट जाने तयारीमा ओली

    बालुवाटार छाडेर बालकोट जाने तयारीमा ओली

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोट जाने तयारीमा जुटेका छन्।

    ओलीले बिहान ११ बजे बालुवाटार छाड्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएपछि ओलीले बालुवाटार छाड्न लागेका हुन् ।



    देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।



    ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको छ। यसको नेतृत्व महेश बस्नेतले गर्ने भएका छन् ।

    ओलीलाई बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्न बस्नेतले तामझाम मिलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार