Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

    आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । आयरल्यान्डले दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ ।

    आयरल्यान्डले पहिलो पटक एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो । डुब्लिनमा आयरल्यान्डले दिएको २९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४८ ओभर ३ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो ।



    दक्षिण अफ्रिकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्ग पारी खेले । रस्सी भान डेर डुसेनले ४९ रन र डेभिड मिलरले २४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मार्क एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले दुई दुई विकेट लिए ।



    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो ।

    आयरल्यान्डका कप्तान एन्डी बलब्रिनेले १०२ रनको शतकीय पारी खेले । त्यस्तै ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवयोले २ विकेट तथा कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एकरएक विकेट लिए ।

    तीन खेलको श्रृङ्खलामा आयरल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार