Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ओलीले घोषणा गरेको निर्वाचन रद्द, बालकोट नपुग्दै आयोगले जारी गर्यो अर्को विज्ञप्ति

    ओलीले घोषणा गरेको निर्वाचन रद्द, बालकोट नपुग्दै आयोगले जारी गर्यो अर्को विज्ञप्ति

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ ।

    गत सोमबारको सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचनको कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    यसअघि तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा बिघटन गर्दै सो मितिमा चुनावको घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको थियो ।



    ‘सम्मानित सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । पदमुक्त भएपछि ओली सरकारी निवास छाडेर निजि निवास बालकोट पुगिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार