Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आयल निगममा नियुक्तिको हल्ला चलेसँगै कुलमान घिसिङको खण्डन

    आयल निगममा नियुक्तिको हल्ला चलेसँगै कुलमान घिसिङको खण्डन

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल आयल निगमको कार्यकारीमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको हल्ला चलेसँगै घिसिङले त्यसको खण्डन गरेका छन्।

    मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन घिसिङलाई आयल निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने बिषय सामाजिक संजालमा चर्चा चलेसँगै उनले त्यसको खण्डन गरेका हुन्।



    आयल निगमको कार्यकारी निर्देशकमा कुलमानको नाम चर्चामा आएपछि उनले सामाजिक संजालमा आफ्नाबिरुद्ध भ्रमपूणर् समाचार आइरहेको उल्लेख गरेका छन् ।



    उनले लेखेका छन्-‘मेरोबारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेकोले यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनुहुन हार्दिक अनुरोध छ ।’

    हाल नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्र पौडेल छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार