Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ब्राजिलका राष्ट्रपति लगातार बाडुल्की लागेपछि अस्पताल भर्ना

    ब्राजिलका राष्ट्रपति लगातार बाडुल्की लागेपछि अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो लगातार बाडुल्की लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    एक सातादेखि उनलाई लगातार बाडुल्की लागेपछि उपचार गर्न उनी अस्पताल भर्ना भएका हुन् । बोल्सोनारोलाई साओ पाउलो स्थित अस्पताल लगिएको छ। उनको उपचार भइरहेको छ ।



    ट्वीट मार्फत बोल्सोनारोले आफू चाँडै स्वस्थ भएर फर्किने उल्लेख गरेका छन्। सन् २०१८ मा चुनावी अभियानको क्रममा उनीमाथि चक्कु आक्रमण भएको थियो । पेटको तल्लो भागमा लागेको चक्कुका कारण उनको स्वास्थ्यमा गम्भीर असर परेको थियो ।



    अहिले देखिएको लगातार बाडुल्की लाग्ने समस्या भने के कारणले हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन । त्यतिबेला उनको शरीरको ४० प्रतिशत रगत बगेको थियो । सो घटनापछि उनको धेरैपटक सल्यक्रिया गरिएको छ ।

    उनलाई थप परीक्षण र सम्भावित सल्यक्रियाका लागि साओ पाउलो रेफर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार