Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेसको पदाधिकारी बैठक स्थगित

    कांग्रेसको पदाधिकारी बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आजलाई डाकिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको जानकारी दिए । अब बैठक शुक्रबार बस्ने उनले बताए ।



    यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।



    शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार