Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • युरोकपका प्लेयर अफ दि टुर्नामेन्ट डोनारुम्मा पीएसजीमा अनुबन्धित

    युरोकपका प्लेयर अफ दि टुर्नामेन्ट डोनारुम्मा पीएसजीमा अनुबन्धित

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 2K
    SHARES

    एजेन्सी । इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

    २२ वर्षीय गोलकिपर डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै डोनारुम्मा २०२६ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।



    डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।



    इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्मा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।

    डोनारुम्मा युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार