Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चेक बाउन्स मुद्दामा काभ्रेली गुण्डा नाइके सत्यमान लामा पक्राउ

    चेक बाउन्स मुद्दामा काभ्रेली गुण्डा नाइके सत्यमान लामा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 5.2K
    SHARES

    बनेपा । जिल्ला प्रहरी कार्यालय काभ्रेले बैंकिङ कसुरको मुद्दामा काभ्रेका गुण्डा नाइके सत्यमान लामालाई पक्राउ गरेको छ । लामाले रकम नभएको चेक दिएर दर्जनौं व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।

    केपी शर्मा ओली प्रधानमन्त्री छँदा नविना लामालाई हातमा लिएर लामाले ठगी धन्दा चलाउँदै आएका थिए । लामाविरुद्ध सुरज सापकोटा र रामकुमार थापा क्षेत्रीले क्रमशः महानगरीय प्रहरी बृत्त कमलपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंमा चेक बाउन्समा उजुरी दिएका थिए ।



    लामाले २०७७ साल माघ २० गते क्षेत्रीको नाममा काटेको ७० लाखको चेक बाउन्स भएको हो भने सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि खोजी गर्दै आएको थियो । लामा सिमाला लुटपाटको धन्दामा पनि सक्रिय रहँदै आएका थिए ।



    उच्च अदालत पाटनले लामाविरुद्ध पक्राउपूर्जी जारी गरेपछि लामा फरार भएका थिए । काभ्रे प्रहरीले उनलाई काभ्रेको रोशी गाउँपालिका कटुन्जेबाट पक्राउ गरेको हो । लामालाई काभ्रे प्रहरीले काठमाडौं पठाएको छ । उनीविरुरुद्ध काठमाडौं प्रहरीले मुद्दा चलाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार