Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, काठमाडौं भित्रिन प्रशासनको पास नचाहिने

    उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, काठमाडौं भित्रिन प्रशासनको पास नचाहिने

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।

    बिहीबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले यस्तो निर्णय गरेको हो ।



    बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो ।



    शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

    साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले पुरानै नियम जारी राखेको जानकारी दिंदै भने, ‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सीडीओसँग समन्वय गरेर आउन पाउने छन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार