Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    कांग्रेस पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक आज बस्दै छ ।

    बैठकको समय दिउँसो २ बजेका लागि तय गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका छन्।



    बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।



    बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन छैन। प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना समेत छ।

    क्रियाशील सदस्यता विवाद, १४ औं महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार