Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाललाई थप १६ लाख डाेज काेराेना खोप अनुदानमा दिने चीनको घोषणा

    नेपाललाई थप १६ लाख डाेज काेराेना खोप अनुदानमा दिने चीनको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

    शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।



    यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ ।



    प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच आज भएको भेटमा नेपाल-चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार