Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पेट्रोलियम पदार्थको पहिलो विकल्प जल ऊर्जा : उर्जामन्त्री भुसाल

    पेट्रोलियम पदार्थको पहिलो विकल्प जल ऊर्जा : उर्जामन्त्री भुसाल

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 3K
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई कम गर्नुपर्ने बताएकी छन् । विद्युत विकास विभागको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले देशबाट उत्पादित जल ऊर्जाको अधिकतम उपयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई कम गर्नुपर्ने बताएकी हुन् ।

    पेट्रोलियम पदार्थको पहिलो विकल्प जल ऊर्जा नै भएको बताउँदै उनले निजी क्षेत्रले बनाउने जलविद्युत संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर लाभ लिन सक्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताइन् ।



    उनले भनिन्–‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको स्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार