Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चरी मारिएपछि गुण्डा नाइके सत्यमान लामालाई केपी ओलीको संरक्षण , लुटपाटको जालो खोतल्दै प्रहरी !

    चरी मारिएपछि गुण्डा नाइके सत्यमान लामालाई केपी ओलीको संरक्षण , लुटपाटको जालो खोतल्दै प्रहरी !

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 5.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’सँगको साँठगाँठका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुनै समय पार्टीभित्र र बाहिर ठुलो बिबादमा तानिए।

    ओलीकै संरक्षणमा राजनीतिक छहारी पाएका चरीको आतंकले सिमा नाघेपछि अन्तत: प्रहरीसँगको इन्काउन्टरमा चरी मारिए । ओलीले खुलेरै चरीसँग अस्पतालमा पुगेर भेटघाट गरी हौसला दिएपछि चरीले गुण्डागर्दीको साम्राज्य नै चलाएका थिए। चरीलाई महेश बस्नेतले पनि संरक्षण दिएका थिए।



    अहिले चरीकै शैलीमा गुण्डा नाइके सत्यमान लामाले असुली धन्दा चलाएको प्रहरी अधिकारीहरु नै वताउँछन्।  काभ्रेमा लामाले बनाएको बुद्धचित्तको माला लुटपाटको योजनामा केही प्रहरीले अबरोध गरेपछिलामाले सरुवा नै गरेर डाँडा कटाइदिएका छन्। जब ओलीको प्रधानमन्त्री पद फुत्कियो ,त्यसपछि लामाबिरुद्द प्रहरीले कारवाही शुरु गरेको छ।



    बैंकिङ कसुर मुद्दामा  बुधवार काभ्रेबाट पक्राउ परेका गुण्डा नाइके लामालाई उच्च अदालत पाटनले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।प्रहरीले उनलाई गुण्डागर्दी र धम्की दिएर रकम असुलेको अभियोगमा पनि मुद्दा चलाउने तयारी गरेको वताइएको छ।

    लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरी काठमाडौं परिसर पठाएको थियो। काभ्रेमा बुद्धचित्तको माला लुटपाटको घटनामा सँलग्न रहँदै आएका लामाले रकम नभएको चेक दिएर दर्जनौं व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।

    केपी शर्मा ओली प्रधानमन्त्री छँदा लामाले नविना लामालाई पनि हातमा लिएर लामाले ठगी धन्दा चलाउँदै आएका थिए । लामाविरुद्ध सुरज सापकोटा र रामकुमार थापा क्षेत्रीले क्रमशः महानगरीय प्रहरी बृत्त कमलपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंमा चेक बाउन्समा उजुरी दिएका थिए ।

    लामाले २०७७ साल माघ २० गते क्षेत्रीको नाममा काटेको ७० लाखको चेक बाउन्स भएको हो भने सापकोटाको नाममा काटेको २२ लाखको चेक पनि बाउन्स भएको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पनि खोजी गर्दै आएको थियो ।

    उच्च अदालत पाटनले लामाविरुद्ध पक्राउपूर्जी जारी गरेपछि लामा फरार भएका थिए । काभ्रे प्रहरीले उनलाई काभ्रेको रोशी गाउँपालिका कटुन्जेबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार