Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पश्चिम युरोपमा बाढीबाट १२० को ज्यान गयो

    पश्चिम युरोपमा बाढीबाट १२० को ज्यान गयो

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १२० नाघेको छ ।

    बाढीबाट जर्मनीमा बढी मानविय क्षति भएको बीबीसीले जनाएको छ । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका दुई गाउँ तहसनहस भएका छन् । सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन् ।



    बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका एक हजार ३ सय नागरिक हराइरहेका छन् ।



    जर्मनीमा एक सय वर्षयताकै खतरनाक बाढी आएको बताइएको छ । एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार