Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तीन दिन लगातार वर्षा

    तीन दिन लगातार वर्षा

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । तीन दिन मनसुन थप सक्रिय हुने भएकाले लगातार वर्षाको सम्भावना छ ।

    भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश २ र प्रदेश १ का थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।



    आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, तथा प्रदेश १ का थोरै ठाउँमा भारी वषौ हुने छ । सोमबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।

    तीन दिनसम्म नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबईलगायत नदीहरुमा बहाव बढ्ने खतरा छ ।

    यस्तै नारायणी र कोशीका सहायक नदीहरु, कालीगण्डकी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशी, अरुण, तमोरलगायत नदीमा पनि बाढी आउने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार