Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एउटै समूहमा

    टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एउटै समूहमा

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।

    २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ । प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा खेल्ने छन् ।



    जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधै सुपर–१२ मा प्रवेश गरेका छन् । सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन् । पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।



    समूह विजेता र उपविजेता गरी चार टिम सुपर–१२ मा पुग्नेछन् । भारत र पाकिस्तानसँगै न्यूजिल्याण्ड, अफगानिस्तान, समूह ‘ए’ उपविजेता र समूह ‘बी’ विजेताले समूह–२ मा प्रतिस्पर्धा गर्नेछन् ।

    समूह–१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता र समूह ‘बी’ उपविजेताबीच खेल हुनेछ । प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार