Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अझै मौलाउँदैछ वीरमा भ्रष्टाचार, स्वास्थ्य सचिव पनि मुछिए

    अझै मौलाउँदैछ वीरमा भ्रष्टाचार, स्वास्थ्य सचिव पनि मुछिए

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । देश कै पुरानो र ठूलो वीर अस्पतालमा मेडिकल माफियाको चाहाना बमोजिम स्वास्थ्य सचिव लक्ष्मण अर्यालले आतंक नै सिर्जना गरेको भन्दै वीरका कर्मचारीहरुले विरोध गरेका छन् । कोभिड १९ को नाममा हुने उपकरण खरिद र कर्मचारी भर्नामा आफूअनुकुल नियुक्ति र ठेक्कापट्टा दिन भ्रष्ट चरित्रका स्वास्थ्य सचिव अर्यालले स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ऐन विपरीत वीर अस्पतालको प्रमुखमा डा. जागेश्वर गौतमलाई नियुक्ति दिलाइसकेका छन् ।

    सर्वोच्च अदालतबाट वर्खास्तीमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ ६ गते कोभिड–१९ अध्यादेश जारि गरी वीर अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर स्वास्थ्य मन्त्रालय मातहत राखेको छ । सोही अनुरुप वीरलाई कोभिड–१९ युनिफाइड अस्पताल घोषणा गरी डा. गौतमलाई प्रमुखमा नियुक्त गरिएको छ । डा. गौतमले वीरको प्रमुख भएलगत्तै विभिन्न ठेक्कापट्टामा कब्जा जमाइसकेका छन् ।



    स्वास्थ्य क्षेत्रकै विवादित, काठमाडौं जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गरी जरिवाना तिराएको, स्वास्थ्य मन्त्रालयले नै ग्रेड घटुवा गरेका तथा सरकारी कर्मचारी भएर विभिन्न अस्पताललगायत अन्य क्षेत्रमा अर्बौंको शेयर रहेको डा. गौतमलाई सचिव अर्यालकै मिलेमतोमा वीर अस्पतालको प्रमुखमा नियुक्ति दिएको वीरका कर्मचारीहरु नै बताउँछन् ।



    डा.गौतमले आफू प्रमुख बनेसँगै ब्यापारिक साझेदार सुन्दर भुषालको म्याक्सिम भन्ने सर्जिकल सामान सप्लाई गर्ने फर्मलाई तीन दिनको समय दिएर २५ करोडको ठेक्का दिई सकेका छन्, जुन टेन्डरको प्रक्रिया मिलाउन टिचिङ अस्पतालबाट हटाइएकी र म्याक्सिम ट्रेडमै काम गर्ने भावना बराललाई वीर अस्पताल मै नियुक्ति दिएका छन् ।

    म्याक्सिमसँग करोडौं आर्थिक चलखेल गरेर स्वास्थ्य सचिव अर्यालले ठेक्का दिलाएको एक सर्जिकल सप्लायर्स बताउँछन् । सचिव अर्यालले वीरका प्रमुख डा. गौतममार्फत् अहेव नवराज श्रेष्ठ, अग्निधर बस्याल, डा. अच्चुत कार्कीमार्फत वीर अस्पतालको नयाँ भवनलाई आवश्यक कर्मचारी भर्ना गर्न प्रतिब्यक्ति तीन लाख रुपैयाँसम्म उठाउन निर्देशन दिएको भन्दै वीरका कर्मचारीहरुले यस अघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विभिन्न निकायहरुमा उजुरी दर्ता गराइसकेका छन् ।

    आर्थिक चलखेलकै कारण कर्मचारी समायोजनमा वीर अस्पतालबाट बाहिर सरुवा भयकाहरुको हालसम्म पनि सरुवा हुन सकेको छैन भने सचिव अर्यालले अहेव अग्निधर मार्फत मेडिकल बोर्डको सिफारिस बनाउनेको समेत कमिसन माग्ने गरेको वीर अस्पताल प्रसासन कै कर्मचारी बताउँछन्।

    यता, कोभिडबिरुद्ध भ्याक्सिन कार्यक्रम भैरहँदा वीर अस्पतालमा भ्याक्सिनेटर अहेव नवराज श्रेष्ठ र डा. अच्चुत कार्कीको समूहले आफूलाई स्वास्थ्य सचिव र अक्तियार प्रमुखको मान्छे हुँ भन्दै आफूनिकट ब्यक्तिहरुलाई उमेर समूह नमिले पनि प्रति ब्यक्ति ५ हजार लिदै अनियमित तरिकाले भेरेसेल खोप लगाइरहेको पनि वीरका कर्मचारीहरुको आरोप छ । हुनत श्रेष्ठ र कार्की यसअघि पनि बिदेसीसँग पैसा लिएर खोप लगाएर विवादमा तानिएका थिए । सोही कारण स्वास्थ्य मन्त्रालयले अहेव श्रेष्ठ र डा. कार्की लाई स्पष्टिकरण समेत सोधेको थियो ।

    तर स्वास्थ्य सचिवलाई ठूलो रकम घुस खुवाएर उनीहरु पुनः भ्याक्सिनको जिम्मेदारीमै फर्किको स्रोतको दावी छ । उनीहरु अहिले पनि स्वास्थ्य सचिवको मान्छे हौं भन्दै सबै कर्मचारीलाई थर्काउछन र अन्य कर्मचारी को बारेमा बिभिन्न निकाएमा झुठो उजुरी दिदै आफु बच्न खोजिरहेको पनि वीर अस्पताल स्रोत बताउँछ ।

    उनीहरुको अहिले मुख्य काम भनेको अस्पतालको भष्ट्राचार र अनियमितताको बारेमा आवाज उठाउने कर्मचारीको बारेमा विभिन्न निकायमा उजुरी दिने रहेको छ । अहेव अग्निधरले त अहिले पनि मेडिकलमा विरामी प्रमाणित गर्दा विदेश जाने, पुलिस र आर्मीका विरामी देखाएर जागिर छोड्नेहरुसँग लाखौं लिएर मेडिकल बोर्डको सिफारिश बनाउने गरेको निर्देशक कार्यलय स्रोत बताउँछ ।

    वीर अस्पतालमा हुँदै आएको अनियमितता र भ्रष्टचारका बारेमा वीर अस्पतालका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान अयोग, प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी दर्ता गराइसक्दा समेत सम्बन्धित निकायहरुले आँखा चिम्लिदा वीरमा भ्रष्टचार मौलाइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार