Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • मनसुन सक्रिय, देशभर वर्षा

    मनसुन सक्रिय, देशभर वर्षा

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । आज पनि देशभर मनसुन सक्रिय रहने छ ।

    अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।



    यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । आज वाग्मती प्रदेश र प्रदेश १ मा पनि ठूलो पानी पर्ने सम्भावना छ ।



    मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने छ ।

    आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार