Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भोटेवहालबाट १२ जना जुवाडे पक्राउ

    भोटेवहालबाट १२ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 3.6K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले १२ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

    शनिबार काठमाडौँको भोटेवहालस्थित राजकुमार नगरकोटीको कोठाबाट १२ जना जुवाडेहरुलाई नगदसहित पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।



    एसपी बस्नेतका अनुसार उनीहरुको साथबाट तास र नगद ५ लाख ३१ हजार ५ सयसमेत बरामद गरिएको छ।



    नगरकोटीले कोठाभित्र अबैध रुपमा जुवातास खेलाउदै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी बस्नेतले बताए।

    पक्राउ परेका उनीहरुमाथि थप आवश्यकअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार