Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जसपा विवादबारे आजदेखि निर्वाचन आयोगमा सुनुवाइ, वकिलहरुद्वारा बहिस्कारको घोषणा

    जसपा विवादबारे आजदेखि निर्वाचन आयोगमा सुनुवाइ, वकिलहरुद्वारा बहिस्कारको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आजदेखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ ।

    जसपामा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।



    सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयोगमा उपस्थित भएर बहस गर्नुपर्ने छ । तर, केही वकिलहरूले आयोगमा अध्यादेशबाट नियुक्त भएका पदाधिकारीले गर्ने सुनुवाइ बहिस्कार गर्ने निर्णय गरेका छन् ।



    जसपाका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र नेता राजेन्द्र श्रेष्ठले शुक्रबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा केही कानूनविद्हरुले यसबारे छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार