Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले विवाद

    न हुरुक्क, न जुरुक्क !

    न हुरुक्क, न जुरुक्क !

    निर्मल बाबु लामिछाने
  • आइतबार, ३ साउन २०७८
  • 3.4K
    SHARES

    निर्मल बाबु लामिछाने /  गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गठित कार्यदल विघटन गरेर १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए । तर, गठित कार्यदलमा रहेका दोस्रो तहका नेताहरू भने पुन: शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।

    शनिबार कार्यदलका नेताहरूले अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे। यसअघि  पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षधर ५/५ जना नेताको कार्यदल गठन गरिएको थियो।



    पछिल्लो समय पार्टीको भविष्य संकटमा परेका बेला दोस्रो तहका नेताहरूको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको बढ्दो द्वन्द्वले स्थिति सङ्लिसकेको छैन।



    एमाले र माओवादी केन्द्रलाई अलग्याउने सर्वोच्चको फैसलापछि एमालेभित्रको द्वन्द्व समाधान गर्न अनेक प्रयत्न भए । तर, एमाले न हुरुक्क भएर फुट्यो न जुरुक्क भएर मिल्न सक्यो । दोस्रो तहका नेता पार्टी मिलाउन जोडतोडले लागेका छन् तर शीर्ष नेता अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल मिल्नेभन्दा टाढिने दिशामा अग्रसर छन्।

    यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने तयारी गरेको बेला पुन : एमालेको ओली पक्ष र नेपाल पक्षबीच तालमेल मिल्ने छाँटकाँट देखिएको छैन।

    ओली पक्षका साम्सहरु देउवाको विपक्षमा उभिएका बेला माधव पक्षमा केही सांसदहरु भने देउलाई मत दिने निर्णयमा पुगेको बताएका छन्। नेपाल पक्षका सांसदहरु मेटमणि चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडालगायतका नेताहरुले भने देउवालाई मत दिने बताइरहेका बेला नेपाल पक्षकै सांसदहरु योगेश भट्टराई, भिम रावललगायतका नेताहरु भने विपक्षमा खडा भएको बुझिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार