Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेमा विद्रोहको घण्टी

    एमाले स्थायी कमिटी बैठकको अपत्यारिलो निर्णय : देउवालाई समर्थन गर्ने पार्टीमा रहदैनन् !

    एमाले स्थायी कमिटी बैठकको अपत्यारिलो निर्णय : देउवालाई समर्थन गर्ने पार्टीमा रहदैनन् !

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलापछि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज बस्न लागेको संसद बैठकमा विश्वासको मत लिने भएपछि एमालेको आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।



    ‘देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा रहदैनन्’, बैठकपछि बाहिरिएका प्रवक्ता ज्ञवालीले भने। बैठकमा माधवकुमार नेपाल पक्षका सांसद उपस्थिति रहेको थिएन।



    ओली पक्ष मात्र सहभागी रहेर गरेको उक्त निर्णय भने अपत्यारिलो देखिएको छ, किन कि अध्यक्ष ओलीले यसअघि नेपाल पक्षका नेताहरुमाथि गरेका निर्णयले पनि खासै प्रभाव नपरेको हुँदा आजको निर्णय पनि सोही हुनेमा शंका उत्पन्न भएको कार्यकर्ताहरुको बुझाई छ।

    ओली पक्षका सांसदहरु देउवाको विपक्षमा उभिएका बेला माधव पक्षमा केही सांसदहरु भने देउलाई मत दिने निर्णयमा पुगेको बताएका छन् । नेपाल पक्षका सांसदहरु मेटमणि चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडालगायतका नेताहरुले भने देउवालाई मत दिने बताइरहेका बेला नेपाल पक्षकै सांसदहरु योगेश भट्टराई, भिम रावललगायतका नेताहरु भने विपक्षमा खडा भएको बुझिएको छ।

    पछिल्लो समय पार्टीको भविष्य संकटमा परेका बेला दोस्रो तहका नेताहरूको अभियानले कार्यकर्तामा एकताको झिनो आशा बाँकी रहे पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको बढ्दो द्वन्द्वले स्थितिले आगामी दिनमा एमालेमा ठूलो विद्रोह हुने देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार